घरेलु मदिरा र कच्चा पदार्थसहित दुईजना पक्राउ

काठमाडौँ, १३ असोज । प्रहरीले चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँबाट धेरै परिमाणमा घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–४ घर भई चन्द्रागिरिमा बस्दै आएका मदन तामाङ र समीर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार मच्छेगाउँस्थित जस्ताको टहरोमा उपभोक्ताको […]