काठमाडौं– उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघ आन्दोलित भएको छ । देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेका डाक्टरहरू आज सेतो कोटसहित सडकमा उत्रिएका छन् । उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज माइतीघर मण्डलामा धर्ना दिई बिजुली बजारसम्म र्याली गरी विरोध प्रदर्शन गरेका छन् । […]