जनकपुर । कमला नदीमा पूर्णिमा व्रत तथा कार्तिक स्नान गर्न जाने श्रद्धालु भक्तजनको सुविधाका लागि नेपाल रेल्वे कम्पनीले मङ्सिर ८ गते जयनगर–जनकपुर–भङ्गहा रेलखण्डमा विशेष रेल सेवा सञ्चालन गर्ने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय जनकपुरधामले सूचना जारी गरी मङ्सिर ८ गते एक दिनका लागि यात्रुको चाप र आवश्यकताअनुसार रेल सेवा सञ्चालन गर्ने […]