काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले संविधानतः पार्टीभित्र कुनै पनि समस्या नरहेको दाबी गरेका छन् । कांग्रेसमा कुनै आन्तरिक द्वन्द्व नरहेको र सिङ्गो पार्टीको ध्यान अब आगामी महाधिवेशनमा केन्द्रित भइसकेको उनले बताए । विशेष महाधिवेशनको प्रसङ्ग उल्लेख गर्दै उनले वृद्धाश्रम र आर्यघाट पुगुन्जेलसम्म पद ओगटिरहनुपर्छ भन्ने परिपाटी र सोचलाई कांग्रेसले चिरेको दाबी गरे । […]