स्वास्थ्य क्षेत्र सुधार अभियानमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे ज्ञापनपत्र

ज्ञापनपत्रमार्फत चिकित्सकहरूले जेन–जी आन्दोलनलाई भ्रष्टाचार, असमानता र राजनीतिक दुरुपयोगविरुद्धको साझा अभियान भन्दै समर्थन जनाएका छन्। उनीहरूले स्वास्थ्य क्षेत्रमा हुने अनियमितता, राजनीतिक हस्तक्षेप र अपारदर्शी निर्णय प्रक्रियाले सेवाको गुणस्तर खस्किएको भन्दै सुधारका ठोस प्रस्तावहरू अघि सारेका छन्।