नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी प्रतिनिधिलाई स्वास्थ्य सेवा दिन ३० जना स्वास्थ्यकर्मीसहितको स्वास्थ्य कक्ष तयार गरिएको छ। महाधिवेशनस्थल खुलामञ्चको पश्चिमतर्फ पाँच कक्षसहितको डेस्क स्थापना गरिएको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीले जानकारी दिएका छन्। स्वास्थ्य कक्षबाट सामान्य स्वास्थ्य परीक्षण तथा आकस्मिक सेवा प्रदान गरिनेछ। दुई सिफ्टमा सञ्चालन हुने डेस्कमा आठ जना चिकित्सकसहित आपत्कालीन स्वास्थ्य सेवाकर्मी […]