रोल्पा घटनाका दोषीलाई कारबाही गर्न वर्षमान पुनको माग

रोल्पा– रोल्पाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ ले जिल्लाको गंगादेव गाउँपालिका–५ पाखापानीमा ११ वर्षीय बालक लोकेन्द्र विकमाथि भएको कुटपिट तथा उद्धारमा पुगेकाहरूमाथि आक्रमण भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले उक्त घटनाले आफूलाई अत्यन्त मर्माहत बनाएको उल्लेख गरेका छन्। घटना जानकारीमा आएलगत्तै […]