रुसमा नेपालको ‘माइस टुरिजम’ बारे बहस

पर्यटन क्षेत्रमा पछिल्लो समय ‘माइस टुरिजम’ (मिटिङ, इन्सेन्टीभ, कन्फेरेन्स र एक्जिविसन) फस्टाउँदै गएको छ। विभिन्न सभा सम्मेलन, बैठक, गोष्ठि देखि पारिवारिक जमघटका गतिविधिलाई माइस टुरिजमले समेट्ने भन्दै छोटो समयमा ठूलो आकारमा पाहुना तान्ने गतिलो उपाय नै माइस टुरिजम रहेको सरोकारवालाको भनाई छ।