काठमाण्डाै – नेपालमा (काेभिड–१९) कोरोना भाइरसकाे सङ्क्रमण दर केही घटेको छ । पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये २७ दशमलव २४ प्रतिशतमा मात्र सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।केही दिन अघिसम्म नमुना परीक्षण गरिएकामध्ये ३५ प्रतिशतभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि हुने गरेकोमा आज २७ प्रतिशतमा झरेको हो । पछिल्लो २४ घण्टामा चार हजार सात सय ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १५ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा चार हजार एक सय ७८ जना र दुई हजार चार सय २५ जनाको ...