सुरक्षागार्ड पक्राउ घटनामा सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन मन्त्री श्रेष्ठको आग्रह

काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सुरक्षागार्ड पक्राउ परेको घटनाको सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन आग्रह गर्नुभएको छ । लाइनमा बस्न आग्रह गर्ने सुरक्षागार्डलाई मन्त्रीको ठाडो आदेशमा प्रहरीले पक्राउ गरेको भन्दै तीव्र आलोचना हुन थालेपछि मन्त्री श्रेष्ठले घटनाबारे सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन आग्रह गर्नुभएको हो । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यो घटना लाइनमा नबसेको कारणले नभइ आफ्नो अङ्गरक्षकमाथि दुर्व्यवहार गरिएको कारणले भएको दाबी गर्नुभएको छ । मन्त्री श्रेष्ठले सबै नेता र म...