नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलवार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ ।
बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम र आगामी महाधिवेशनबारे छलफल हुने केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै कांग्रेसले जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा स्तरसम्म आन्दोलन गरिसकेको छ ।
कांग्रेसमा सभापति शेरबहादुर देउवा पक्ष सर्वाेच्च अदालतको फैसला पर्खिने पक्षमा देखिन्छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आन्दोलन चर्काउन...