सिमकोट – विद्युत् प्राधिकरणले पाँच जिल्लामा एक–एक मेघावाटका सोलार मिनीग्रिडको आयोजना निर्माण गर्ने भएको छ। राष्ट्रिय प्रशारण लाइन नजोडिएका हिमाली जिल्लामा प्राधिकरणले विद्युत्को समस्या समाधान गर्न यी आयोजना निर्माण गर्न लागेको हो। प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गतको ग्रिडजडित सौर्य विद्युत् आयोजनामा कार्यरत इलोक्ट्रनिकल इन्जिनियर राजकुमार केसीका अनुुसार कर्णाली प्रदेशका चार जिल्ला हुम्ला, जुम्ला, मुुगुु र डोल्पा […]