काठमाण्डाै - फिफा विश्व कप फुटबलमा गएराति भएको खेलमा समूह 'जी' अन्तर्गत क्यामरुनले ब्राजिललाई १–० गोलले हराएको छ ।
कतारको लुसिअल स्टेडियममा भएको खेलमा ब्राजिल क्यामरुनसँग पराजित भएकाे हाे । पराजित भए पनि समूह विजेता बनेकाे ब्राजिल अन्तिम १६ अर्थात् नकआउट चरणमा पुगेकाे छ ।
क्यामरुनका लागि भिन्सेन्ट अबुबाकरले इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो । गोल गरेपछि उनी दुई पहेँलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
जितसँगै तीन खेलमा चार अङ्क जोडेको...