उपाध्यक्ष, वडाध्यक्षसहितले बहिष्कार गरेपछि कालिकामाई गाउँपालिकाको बजेट आएन

वीरगञ्ज – पर्साको कालिकामाई गाउँपालिकाको आठाैँ गाउँसभालाई पालिकाकी उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्यलगायतले बहिष्कार गरेपछि स्थगित भएको छ। शुक्रबार गाउँसभामार्फत ०७९÷८० को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्न राखिएको गाउँसभालाई उपाध्यक्ष, वडाध्यक्षलगायतले बहिष्कार गर्दा गणपूरक संख्या नपुगेपछि स्थगन भएको हो। गाउँसभालाई पालिकाकी उपाध्यक्ष राजमती बरैनी, वडा नम्बर २ का अध्यक्ष सोनालाल चौरसिया, ४ का सञ्जय साहलगायत […]