साफ च्याम्पियनशिपको फाइनल तय, उपाधिका लागि नेपाल र भारत भिड्ने, यस्तो छ समीकरण

साफ च्याम्पियनशिपको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन्। उपाधिका लागि दुवै देश यहि शनिबार नेपाली समय ८ बजेर ४५ मिनेटमा खेल्ने जनाइएको छ। नेपालले बंगलादेशसँग १-१ को बराबरी खेल्दै अंकको आधारमा फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो भने भारतले माल्दिभ्सलाई ३-१ गोलले पराजित गर्दै फाइनलमा पुगेको हो। माल्दिभ्समा जारी साफ च्याम्पियनशिपको १३ औं संस्करणमा नेपाल र भारतबीच यस अगाडी पनि प्रतिस्पर्धा भईसकेको छ। उक्त खेलमा भारतले नेपाललाई १-० गोलले पराजित गरेको थियो। महादेशस्तरको प्रतियोगितामा २८ बर्षपछि नेपाल र भारतले उपाधिको लागि भिड्न लागेका हुन्। यस अगाडी सन् १९९३ मा बंगालदेशमा भएको प्रतियोगितामा नेपाल र भारत स्वर्ण पदकका लागि भिडेका थिए। त्यसबेला नेपालले भारतलाई ट्राइबेकारमा ४-३ ले पराजित गर्दै उपाधि जितेको थियो। खेल २-२ को बराबरीमा सकिएपछि ट्राइब्रेकर मार्फत बिजेता छनौट भएको थियो। त्यसयता नेपालले दक्षिण एसियाली क्षेत्रमा ठुलो उपाधि जितेको छैन। डेढ महिनाको अन्तरालमा नेपाल र भारतबीचको खेल हेर्दा भारतबिरुद्दको खेल नेपालका लागि सहज हुनेछैन। साफमा खेल्नु अगाडी नेपालले भारतसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेलेको छ। जसमा पहिलो खेलमा १-१ को बराबरी खेलेका थिए भने दोस्रो खेलमा नेपाल भारतसँग १-२  ले पराजित भएको थियो। त्यसपछि साफ अन्तर्गतकै यस अगाडीको खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको थियो। लगातार तीन पटकको खेल पश्चात नेपाल र भारत उपाधिको लागि डेढ महिनाको अन्तरालमा चौथो पटक भिड्न लागेका हुन्। खेल नेपाली समयअनुसार शनिबार बेलुका ८ बजेर ४५ मिनेटमा हुनेछ। यस पटक नेपाल बलियो प्रतिद्वन्द्वी भारतलाई पराजित गरेर महादेशस्तरीय प्रतियोगीताको उपाधि जित्ने दाउमा रहेको छ। नेपाललाई अहिलेसम्मकै ऐतिहासिक सफलता दिलाएका नेपालका प्रशिक्षक अब्लुल्लाह अल्मुताइरीले पद त्यागसंगै नेपाल नफर्किने घोषणा गरेका छन्। त्यसैले पनि उनले आफ्नो शुखद विदाई चाहन्छन्।  

सम्बन्धित सामग्री

नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)– झण्डै छ सातापछि काठमाडौंमा आयोजना हुने काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल र भारत एउटै समूहमा परेका छन् । नेपाल भलिबल संघको आयोजनामा जेठ ६ देखि १५ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा हुने च्यालेन्जकपको समूह एमा नेपाल, भारतसहित बंगलादेश र कीर्गिस्तान रहेको संघले जनाएको छ । त्यस्तै समूह […]

नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक सुुरु

नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक सुुरु भएको छ । बुधबारबाट काठमाडौंमा दुई देशबीचका सहसचिवहरुको दुई दिने बैठक सुरु भएको हो । बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड...

साफ यू–१९ च्याम्पियनशिप फुटबल : नेपाल र भारत उपाधिका लागि भिड्दै

श्रीलङ्कामा भइरहेको पुरुष साफ यू–१७ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन्।...

नेपाल र भारत उपाधिका लागि भिड्दै

काठमाडौं, २९ भदौ । श्रीलङ्कामा भइरहेको पुरुष साफ यू–१७ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । श्रीलङ्काको कोलम्बोस्थित रेसकोर्स मैदानमा फाइनल खेल आज राति ८ः१५ बजे हुनेछ । सेमिफाइनल खेलमा आयोजक श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । यसैगरी भारत सेमिफाइनलमा बङ्गलादेशलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको […]

आज नेपाल र भारत भिड्दै

साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन् ।  दुवैले आफ्नो तेस्रो खेल खेल्दैछन् । नेपालले यसअघिका दुई खेल जित्दै ६ अंक बटुलिसकेको छ । भारतले भने एक खेल...

नेपाल र भारत एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा आगामी भदौंमा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपाल र भारत एकै समूह ‘बी’ मा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल रहेको समूहमा भारतसँगै भुटान पनि रहेको छ । समूह ‘ए’ आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् । च्याम्पियनसिप भदौं २० […]

‘प्रेमगञ्ज’ नेपाल र भारत एकसाथ रिलिज हुने

फिल्म ‘प्रेमगञ्ज’ नेपाल र भारत एकसाथ रिलिज हुने भएको छ । फिल्म निर्माण संस्था चलचित्र चौतारी र भारतक वितरक ड्रिम्स थिएटर मोशन पिक्चरबीच भएको सम्झौता अनुसार ‘प्रेमगन्ज’ दुबै देशमा एकसाथ रिलिज गर्ने तय भएको हो ।३ भदौमा रिलिज मिति तोकिएको यो फिल्म यही मितिमा पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किम लगायतका सहरहरुका १०० बढी स्क्रिनमा एकसाथ प्रदर्शन हुनेछ ।थुप्रै नेपाली र नेपाली भाषीको बसोबास रहेको भारतमा &nbs

नेपाल र भारत छिट्टै दुई वटा रेल मार्गबाट जोडिन्छन्ः भारतीय विदेश सचिव श्रृङ्ला

काठमाडौं, २५ फागुन : भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्लाले छिट्टै नेपाल र भारत दुई वटा रेलमार्गबाट जोडिने बताएका छन् । बुधबार लालबहादुर शास्त्री एकेडेमीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रेलमार्गले दुई देशलाई अझ निकट बनाउने बताए । ‘रेलमार्गका कारण दक्षिण एसियाको भूगोल द्रुत गतिमा आपसमा निकट भइरहेका छन् । छिट्टै नेपाल र भारत दुई […]

साफ च्याम्पियनसीप : उपाधिका लागि भिड्दै नेपाल र भारत

काठमाडौं : साफ च्याम्पियनसीपको फाइनल खेल सुरु भएको छ। उपाधिका लागि अहिले नेपाल र भारत माल्दिभ्समा भिड्दैछन्। मुसलधारे वर्षाबिच अहिले खेलाडीहरु मैदानमा प्रतिष्पर्धा गरिरहेका छन्। दुवै टोली आक्रमक शैलीमा प्रस्तुत भएका छन्। खेलको पहिलो हाफसम्म दुवै टोलीेले गोल गर्न सकेनन्। दुवै टोलीले पोस्टमा धेरैपटक गोल गर्ने प्रयास गरेका थिए। तर,…

साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्दै

२६ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिको फाइनल खेल आज हुने भएको छ । फाइनल खेलमा नेपाल र भारत भिड्दैछन् । माल्दिभ्सको मालेस्थि राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजे बजे हुनेछ । नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हालि गरेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । […]