काठमाडौंको स्वयम्भूस्थित भगवान् पाउ नजिक नरेश कुमार गौतमको हत्या भयो । ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु घर भएका २८ वर्षीय गौतमका शव वैशाख २ मा भेटिएको थियो ।३ जना मिलेर लुटपाट पश्चात उनको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्न रहेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–१ डकाहा घर भएका प्रकाश तिमिल्सिना छन् । २६ वर्षीय तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयम