काँक्रेविहार गोल्डकप : पहिलो सेमिफाइनलका लागि प्रतिस्पर्धा

कर्णाली, १२ कात्तिक: वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकपमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । आयोजक काँक्रेविहार युवा क्लबका अनुसार ३ बजेदेखि हुने खेलमा फाइनल प्रवेशका लागि सुर्खेतको पञ्चपुरी नगरपालिका र भेरीगङ्गा नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनल अघि समूह चरणको अन्तिम खेल पनि हुँदैछ । समूह चरणमा चिंगाड गाउँपालिका र चौकुने गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोली […]

सम्बन्धित सामग्री

पञ्चपुरीलाई काँक्रेविहार गोल्डकप उपाधि

सुर्खेत (हाम्रो खेलकुद) – पञ्चपुरी नगरले काँक्रेविहार गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वीरेन्द्रनगरस्थित रंगशालामा आइतबार भएको फाइनल खेलमा विवादका कारण स्थगित भएपछि सोमबार टाइब्रेकरबाट उपाधिको छिनोफानो गरिएको थियो । आइतबार खेल स्थगित हुँदा १–१ को बराबरी भएको थियो । खेलको १२ औं मिनेटमा वीरेन्द्रनगरले गोल गर्दै अग्रता लिएको थियो । अन्त्यतिर प्राप्त पेनाल्टीमा […]

काँक्रेविहार गोल्डकप : वीरेन्द्रनगर र पञ्चपुरी उपाधिका लागि भिड्दै

वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकप फुटबल प्रतियोगितामा वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिकाको टोलीबीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ । आज भएको सेमिफाइनल खेलमा चिंगाड गाउँपालिकालाई ३–२ गोलअन्तरले हराउँदै वीरेन्द्रनगर अन्तिम चरणमा प्रवेश गरेको हो ।

कात्तिक १० गतेदेखि सुर्खेतमा काँक्रेविहार गोल्डकप हुँदै

वीरेन्द्रनगर – सुर्खेतको वीरेन्द्रनगरमा यही कात्तिक १० गतेदेखि काँक्रेविहार गोल्डकपको आयोजना हुने भएको छ । काँक्रेविहार युवा क्लबको आयोजनामा सञ्चालन हुने यो अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता हो । क्लबका अध्यक्ष चन्द्रप्रकाश शाहीले प्रतियोगितामा सुर्खेतका नौ स्थानीय तहका फुटबल टोलीले सहभागिता जनाउने बताए । उनका अनुसार प्रतियोगिताका विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार […]