प्रदेश प्रमुखले समावेशी–समानुपातिक विषय हामीलाई सिकाउनु पर्दैन : मन्त्री यादव

प्रदेश २ सरकारले संघीयता, अधिकार, पहिचान, राज्यको हरेक निकायमा समावेशी समानुपातिक पहुँच र महिला, दलित, अल्पसंख्यक र सीमान्तकृत वर्गका लागि आरक्षणसहितको एजेन्डाप्रति आफू प्रतिवद्ध रहेको जनाएको छ ।प्रदेश २ सरकारको प्रवक्ता ज्ञानेन्द्र कुमार यादवले प्रदेश प्रमुख राजेश झा अहिराजद्वारा समावेशीको नाममा मुख्यमन्त्रीलाई स्मरणपत्र पठाएको सन्दर्भमा रातोपाटीसँग सोमबार कुरा गर्दै उक्त टिप्पणी गरेका हुन् । उनले प्रदेश प्रमुखले उठाएका विषय सकारात्मक रहे पनि यसलाई ‘समावेशी कार्ड’ को प्रयोग गर्न खोज