कर्तव्य ज्यान मुद्दामा ८ वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ

दाङको घोराही उप–महानगरपालिकामा व्यक्ति हत्या गरेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा ८ वर्ष कैद तोकिएका घोराही उप–महानगरपालिका–४ घर भएका ३७ वर्षीय प्रकाश नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।२०६२ मंसिरमा नेपालीले सामान्य विवादमा घोराही–४ घर भएका डम्बर बुढाथोकीलाई कुटेर हत्या गरेका थिए । हत्यापछि उनी फरार भएका हु्न् । उच्च अदालत तुलसीपुरले २०६७ मा उनलाई ८ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । हत्यापछि लुकेर हिँड