नाटक समीक्षा: दमन र उत्पीडनबाट 'विमोक्ष'

कुनै कथाले लामो समय दिल-दिमाग कब्जा गरिरहन्छ । कुनै कथा मञ्चबाट कलाकार ओझेल परेसँगै बिर्सिइजान्छन् । शिल्पी थिएटरमा मञ्चनरत नाटक 'विमोक्ष' मा भने ह्रदय हुँडल्ने कथाहरूको सूचीमा छ । यो एउटा यस्तो प्रेमको स्मृति हो । जसलाई पछ्याउँदै जाँदा भेटिन्छ, विभेद, यातना अनि दमनका कथा ।