सांग्रिला बैंक एपीएम खुला टेबल टेनिस प्रतियोगिताको प्रायोजक

काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंक नेपाल एपीएम टेबल टेनिस क्लबको आयोजनामा हुन लागेको प्रथम नेपाल एपीएम खुला टेबल टेनिस प्रतियोगिताको मुख्य प्रायोजक बनेको छ । प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको छ । बैंकले प्रतियोगिता प्रायोजना गर्नेसम्बन्धी सम्झौता गरिएको बताएको छ । प्रतियोगिता पुस १ देखि ३ गतेसम्म ललितपुरको भैंसीपाटीमा हुनेछ । प्रतियोगितामा ३२० खेलाडीले सहभागिता जनाउनेछन् । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका विभागीय टोलीसँगै स्थानीय क्लबले प्रतियोगितामा स्पर्धा गर्नेछन् ।