तीज आउनु पहिलेदेखि नै दर पार्टी र नाचगान । दरको नाममा कतिपयले ‘दारु’ पनि खाएको देखियो । कतिपय गीत सुनिनसक्नुको । कति नाच हेरिनसक्नुको । हुँदाहुँदा अहिले ‘काला चश्मा’ भन्दै टिकटकमा भाइरल नाच देखाउने होडबाजी । यी सबै देख्दा मलाई पहिलेको तीजको याद आयो ।उबेला तीज आउनु केहीदिन अघिदेखि मात्रै चहलपहल हुन्थ्यो । बिहे गरेका दिदीबहिनी लिन दाजुभाइ जान्थे । दर खाने दिनसम्म दिदीबहिनीहरु माइत आइपुग्थे । दर खानको लागि भनेर पहिलेदेखि नै घरमा घिउ र लोकल कुखुरा खोजेर राखिएको हुन्थ्यो । चेलीबेटी...