वित्तीय पहुँचका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंक बीच सम्झौता

साउन २८, काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंक बीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिवृद्धिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । महासंघ र बैंक बीच लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने सम्बन्धमा सम्झौता सम्पन्न भएको हो । महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुंजेलीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । महासंघका अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहुँच पुर्‍याउन सहज हुने बताए । बैंककी प्रमुख कार्यकारी अधिकृत खुंजेलीले सम्झौताबाट लघु, घरेलु तथा साना उद्योगी लाभान्वित हुने बताइन् । महासंघ र बैंक बीच भएको सम्झौता अनुसार १० थरीका सहुलियत कर्जा र नियमित कर्जाहरू वितरण गरिने सम्झौतापत्रमा उल्लेख छ ।

सम्बन्धित सामग्री

महासंघ र मेगा बैंकबीच सम्झौता

काठमाडौं, (नेस) । नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंक नेपालबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिवृद्घिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । महासंघ र बैंकबीच लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीको वित्तीय पहुँच बढाउने सम्बन्धमा सम्झौता भएको हो । महासंघका अध्यक्ष श्यामप्रसाद गिरी र बैंकका […]

घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच सम्झौता

काठमाडौँ– नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंक लिमिटेडबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिवृद्धिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ। महासंघ र बैंकबीच लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरूको वित्तीय पहुँच बढाउन सम्झौता भएको हो। बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र […]