‘ठाडो खोलाबाट आएको पहिरोले मर्स्याङ्दी नदी थुनिएको ठाउँमा अहिले गेग्रान र ढुंगा भरिएको छ,’ उनले भने, ‘माथिल्लो मनाङ जोड्ने मोटरेवल पुलसम्म गेग्रान भरिएको छ, अहिले पानी जमेको छैन।’
काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको महाविपत्ति र यसको जलवायु परिवर्तनसँगको सम्बन्धबारे अध्ययन गर्न गठित ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ का सभापति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले नव–निर्वाचित सभापति पराजुलीलाई बुधवार सिंहदरबारमा पद तथा गोपनीयताको […]
नेपाल राष्ट्र बैंकले यस वर्ष दसैँका लागि विगतजस्तो विशेष कार्यक्रम घोषणा नगरे पनि आवश्यकताअनुसार नयाँ तथा सुकिला नोट सटही भइरहेको जनाएको छ। सर्वसाधारणले राष्ट्र बैंकका नियमित काउन्टर र सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नोट साट्न सक्नेछन्। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार हालैको बाढीपहिरो र विपद्बाट नागरिक प्रभावित भएको अवस्थालाई ध्यानमा […]
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा जगेडा हुने करिब ८६ मेगावाट विद्युत भारतमा बिक्री गर्ने निर्णय गरेको छ। प्राधिकरणका अनुसार आफ्ना ग्राहकलाई बिक्री गरेपछि बाँकी हुने विद्युत टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेडमार्फत भारतको पावर एक्सचेन्जमा बिक्री गरिनेछ। प्राधिकरण सञ्चालक समितिले विद्युत नियमन आयोगको सहमतिपछि विद्युत खरिद–बिक्री सम्झौताको मस्यौदा स्वीकृत गर्दै बिक्री प्रक्रिया अघि बढाउने निर्णय […]
विद्रोहको एक वर्षसम्म आइपुग्दा दृश्य पूरै फेरियो । आफूलाई आन्दोलनको ‘स्वयंसेवक’ मात्र बताउने तिनै सुधन मुलुकको सबैभन्दा शक्तिशाली गृह मन्त्रालयको नेतृत्वमा सात महिनामै पुगे ।