राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष महान्यायाधिवक्ता सबिता भण्डारीले सो प्रतिवेदन पेश गरेकी हुन् ।
काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले महिलामैत्री नीति कागजमा मात्र सीमित नरही व्यावहारिक रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । महिलालाई उद्यम, व्यवसाय र स्टार्टअप क्षेत्रमा वास्तविक पहुँच र अवसर दिन नसकेसम्म नीतिको औचित्य पुष्टि नहुने उनको भनाइ थियो । नीति रिसर्च प्रालिद्वारा आज यहाँ आयोजित ‘स्टार्टअपमा महिला अवसर, चुनौती र आगामी बाटो’ विषयक […]
काठमाडौं। गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा हालसम्म रू १३ करोड ३५ लाख ६५ हजार जम्मा भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आज बिहानसम्म उक्त रकम जम्मा भएको हो । कोषमा आज मात्रै […]
विराटनगरस्थित कोशी अस्पतालको निर्देशक परिवर्तन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोशी अस्पतालको निर्देशकमा डा रामनारायण चौधरीलाई जिम्मेवारी दिने निर्णय गरेको हो।
काठमाडौं– सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले भौतिक पूर्वाधार निर्माण कोषलाई सहयोग रकम प्रदान गरेको छ । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड एक लाख मात्र सहयोग उपलब्ध […]
काठमाडाैं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी राष्ट्रिय सभा निर्वाचनमा पार्टीले अन्य दलहरूसँग तालमेल गर्ने बताउनुभएकाे छ। उहाँले यसकाे बारेमा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा साेमबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जानकारी गराएको बताउनुभएकाे हाे। साेही विषयमा केन्द्रीय कार्यसम्पादन समिति बैठकमा साेमबार छलफल गरेर निर्णयमा पुगिने उहाँले बताउनुभयाे। काठमाडौंमा साेमबा संचारकर्मीसँग कुरा गर्दै नेता सिटौलाले पार्टीले […]