डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी मधेश प्रदेशको विस्तारित बैठक तथा अभिमुखी कार्यक्रम सर्लाहीको मंलगवामा सुरु भएको छ । पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र महेन्द्रराय यादवको उपस्थितिमा भएको सो कार्यक्रममा मधेश प्रदेश समिति चयन गर्नुको साथै चुनावमुखी प्रशिक्षण समेत दिइने जनाइएको छ ।नेसपाका केन्द्रीय सदस्य दीपक महतोका अनुसार मधेश प्रदेशको कार्यसमिति गठन गर्नुको साथै चुनावका लागि उम्मेदवार चयनलगायतका विषयमा अध्यक्षहरूबाट प्रशिक्षण दिइनेछ । जसपाबाट अलग भएर बनेको नेसपा माओव