धादिङमा वैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा

धादिङ – काेराेना भाइरसकाे सङ्क्रमण नियन्त्रणका लागि धादिङमा यही वैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा लगाइने भएकाे छ ।  पहाडी जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय नाघेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन (डीसीसीएमसी) केन्द्रको आइतवारको निर्णयअनुसार निषेधाज्ञा लगाउने जनाएकाे हाे ।  वैशाख २१ गते बिहान ६ देखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाइने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनुभयाे ।  नुवाकोटमा पनि वैशाख २१ देखि...