रकम असुल्दै, एजेन्ट भाग्दै

धनुषाको गोविन्दपुर–१ का ४५ वर्षीय रुदल मण्डल १० कक्षासम्म पढे। ३० वर्षको उमेरमा वैदेशिक रोजगारीका लागि कतार गए। त्यहाँ तीन वर्ष काम गरेर नेपाल फर्किए। फेरि मलेसिया गए। फर्किएर काठमाडौंमा एउटा होटलमा काम गर्न थाले। त्यही बेला मण्डलको भेट गाईघाटका वीरेन्द्र साहसँग भयो। साहले आफू एजेन्ट रहेको परिचय दिई भेटघाट बढाए। निरन्तर तीन महिना सम्पर्कमा रही साहले मण्डललाई युरोप जान सहमत गराए। त्यहाँ क्लिनरको काममा महिनाको ७ सय डलरसम्म तलब आउने भन्दै फकाए। मण्डलले राम्रो रोजगारीको आसमा आफू र ज्वाइँ सरोज मण्डलका लागि १० धुर घडेर...