नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक सेयर निष्कासनमा लाग्ने सी–आश्वा शुल्क घटाउने तयारी थालेको छ । धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०७३ लाई पुनः संशोधन गर्दै बोर्डले सी–आश्वा शुल्क ५ रुपैयाँ झार्ने तयारी गरेको हो । धितोपत्र बोर्डको आइतबार बसेको बोर्ड बैठकले उक्त निर्देशिका संशोधनको प्रस्ताव गरेको अध्यक्ष रमेशकुमार हमालले बताएका छन् । यसअघि धितोपत्र खरिद (दोस्रो संशोधन) निर्देशिका, २०७३ ले धितोपत्र निष्कासन तथा सी–आश्वा सेवा प्रदा