जर्मनीमा कोरोना भाइरस संक्रमण दर बढेपछि लकडाउन अवधि लम्ब्याइएको छ। संक्रमणको तेस्रो वेभ सुरु भएपछि त्यहाँ तीन साताका लागि लकडाउन थपिएको हो। अप्रिल ४ अर्थात् एस्टरमा हुने भिडभाड नियन्त्रणका लागि कडाइ गरिएको बीबीसीमा उल्लेख छ।
क्षेत्रीय नेताहरूसँगको सल्लाहमा चान्सलर एन्जेला मर्केलले जारी निर्देशन अप्रिल १८ सम्म लागु हुने बताइन्। विशेषगरी…