सहकर्मी जनप्रतिनिधि र कर्मचारी प्रति गाउँपालिका अध्यक्ष धामीको आक्रोस

बैतडी । बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी पालिकाले बिहिबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा करिव १ घण्टा जंगीए । दोस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारीमा रहेका उनले आफ्नै सहकर्मी जनप्रतिनिधि र शाखागत कर्मचारीहरु नै गैर जिम्मेवार रहेको भन्दै आक्रोस व्यक्त गरे । जिम्मेवार व्यक्तिको काम प्रति गैरजिम्मेवारीपनाले बनेका काम समेत विग्रिने डर भएको बताए । […] The post सहकर्मी जनप्रतिनिधि र कर्मचारी प्रति गाउँपालिका अध्यक्ष धामीको आक्रोस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

चेपाङ बस्तीमा पहिलो पटक पुगे गाउँपालिका अध्यक्ष

राक्सिराङ गाउँपालिका—७ ताकनाका बासिन्दा गाउँपालिकाको अध्यक्षसहितको टोली पहिलो पटक गाउँमा देख्दा दंग परे । पालिकाका जनप्रतिनिधि हुन् वा कर्मचारी, ताकना पुगेको यो नै पहिलो पटक हो । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल दुई पटक पालिकाको अध्यक्ष निर्वाचित भइसके । तर उनी ताकना पुगेका थिएनन् ।

जनश्रमदानमा गाउँपालिका अध्यक्षको नेतृत्वमा घोडेटो निर्माण

सिमकोट – गाउँपालिकाका अध्यक्षको सहभागितामा जनश्रमदानमा काम गर्दै घोडेटो निर्माण गरिएको छ। गाउँपालिका केन्द्र जाने छोटो घोडेटो निर्माण गर्नुपर्ने भएपछि अध्यक्ष प्रेम लामाको नेतृत्वमा ३० जना जनप्रतिनिधि र कर्मचारी मिलेर उक्त कार्य गरिएको हो। गाउँपालिका अध्यक्ष लामाले पालिका केन्द्र याल्वाङमा नयाँ गाउँपालिका भवन निर्माण गर्ने स्थानमा सडक पुुगे पनि सो सडकबाट स्थानीय आउजाउ गर्न लामो […]

गुठीचौर गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच विवाद

गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले आफूहरूमाथि दादागिरी गरेको कर्मचारीहरूले आरोप लगाएका छन्। जनप्रतिनिधि भएकै भरमा आफूहरूलाई अपहेलित, निरुत्साहित हुनेगरी दादागिरी देखाएको गोठीचौरका कर्मचारीहरूले आरोप लगाएका हुन् । गाउँपालिकाका कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा बुढाले ‘तिमीहरु मलाई चुनाव हराउन मरिमेटी लागेका थियौ, अब सबै अन्त गए हुन्छ, एक वर्षसम्म कुनै कर्मचारी नभए पनि हुन्छ । म पाँच वर्षपछि फेरि गाउँपालिका अध्यक्ष उठ्ने हैन, विकासका काम रोकिए पनि केही फरक पर्दैन’ भन

साकेलाका चार कर्मचारीसहित पाँच जनालाई कोभिड–१९ को संक्रमण पुष्टि

खोटाङको साकेला गाउँपालिकाका चार कर्मचारीसहित पाँच जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । पुनः कोभिड–१९ को महामारी फैलिन थालेपछि पदाधिकारी, कर्मचारी र कार्यालय आसपासका स्थानीय गरी ४८ जनाको एन्टिजेन परीक्षण गर्दा चार कर्मचारी र एक जना घरबेटीलाई संक्रमण पुष्टि भएको हो । दैनिक नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा प्रवाह गरिरहेका जनप्रतिनिधि र कर्मचारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए ।

जनप्रतिनिधि र कर्मचारीको छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

बागलुङको ताराखोला गाउँपालिकाले जनप्रतिनिधि र सरकारी सेवामा रहेका कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा भर्ना गराउने नीति कार्यान्वयनमा लैजाने भएको छ । सो गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा विद्यालयलाई गुणस्तरीय बनाउने र विद्यार्थीको सङ्ख्यामा वृद्धि गराउनका लागि सरकारी सेवामा रहेको शिक्षक तथा कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पठाउनुपर्ने नीति ल्याएको छ । गाउँपालिका अध्यक्ष धनबहादुर विकले प्रस्त

अवैध उत्खनन रोक्न खटिए जनप्रतिनिधि

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गतका नदी तथा खोलामा भइरहेको नदीजन्य पदार्थको उत्खनन रोक्न जनप्रतिनिधि खटिएका छन् । गाउँपालिकाले बिहीबारदेखि स्थलगतरूपमा अनुगमन सुरु गरेको छ ।  गाउँपालिका अध्यक्ष तप्त पौडेलका अनुसार गाउँपालिकाका नौवटै वडाका वडाध्यक्षसहित १७ कार्यपालिका सदस्य, कर्मचारी, प्राविधिक, सुरक्षाकर्मीसहितको टोलीले स्थलगत अनुगमन गरेको हो । टोलीले राप्ती सोनारी गाउँपालिका–४, ५...

अवैध उत्खनन रोक्न खटिए जनप्रतिनिधि

काठमाडौँ,२० जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गतका नदी तथा खोलामा भइरहेको नदीजन्य पदार्थको उत्खनन रोक्न जनप्रतिनिधि खटिएका छन् । गाउँपालिकाले बिहीबारदेखि स्थलगतरूपमा अनुगमन सुरु गरेको छ । गाउँपालिका अध्यक्ष तप्त पौडेलका अनुसार गाउँपालिकाका नौवटै वडाका वडाध्यक्षसहित १७ कार्यपालिका सदस्य, कर्मचारी, प्राविधिक, सुरक्षाकर्मीसहितको टोलीले स्थलगत अनुगमन गरेको हो । टोलीले राप्ती सोनारी गाउँपालिका–४, ५ र ६ का […]

कर्मचारी सरुवाको विरोधमा जनप्रतिनिधि

गाउँपालिका अध्यक्ष हरेराम यादवले भने कार्यपालिकाको निर्णयअनुसार नै कर्मचारीको सरुवा भएको बताए । ‘एक वर्षमा कर्मचारी सरुवा गर्ने गाउँ कार्यपालिकाबाट निर्णय नै भएको छ,’ उनले भने

ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेटमा जनप्रतिनिधिको भ्रमण

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किएका छन्। गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले भ्रमण टोलीको नेतृत्व गरेका छन्। गाउँपालिकाले प्रकाशन गरेको योजना पुस्तिकाको पृष्ठ नम्बर १५४ मा सामाजिक विकास कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक अवलोकन भ्रमण शीर्षकमा ६ लाख रुपैयाँ विनियोजन गरिएको छ। सोही शीर्षकको... The post ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेटमा जनप्रतिनिधिको भ्रमण appeared first on Purbeli News.