काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा पहिलो जित निकालेको छ। आज हरिहजुर थापाको कप्तानीमा रहेको नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हराउँदै पहिलो जित हासिल गरको हो। प्रतियोगितामा पहिलो खेल जित्ने क्रममा नेपाल २५-२१,२५-२३, २५-१८ ले विजयी भयो। नेपाल भलिबल संघका सदस्य प्रविण श्रेष्ठका अनुसार आजको खेलमा धनबहादुर भट्ट प्लेयर