कुलमानको नियुक्तिविरुद्धको रिटको सुनुवाइ स्थगित

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तविरुद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथिको सुनुवाइ निवेदककै कानून व्यवसायीको आग्रहमा स्थगित गरिएको हो । उक्त रिट शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा थियो । यसअघि प्रधानन्यायाधीश जबराकै इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो ।  प्रन्या जबराले कुलमान नियुक्तिको सक्कल कागजात मगाए पनि त्यसपछि सुनुवाइ हुन सकेको छैन ।

सम्बन्धित सामग्री

पेसी तोकिए पनि कुलमानको नियुक्तिविरुद्धको रिट निवेदनमा सुनुवाइ स्थगित

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको विरुद्धमा परेको रिट उपर शुक्रबार सुनुवाइ हुन सकेन ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैले सुनुवाई गर्नेगरी सो रिटको पेसी तोकिए पनि रिट निवेदकका कानुन व्यवसायीका तर्फबाट सुनुवाई स्थगितको माग भएपछि सुनुवाई हुन नसकिएको हो ।यसअघि भदौ ८ मा प्रधानन्यायाधीश जबराले घिसिङ र शाक्यलाई नियुक्त गर्दाको सक्कल फायल झिकाउन आदेश गरेका थिए । मन्त्रिपरिषद्ले २०७७ माघ २६ मा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । २०७८