दुई दिनभित्र माग पुरा नभए सुनसरी मोरङका उद्योगी र मजदुर पुनः आन्दोलित हुने

प्रदेश १ का विभिन्न चार मजदुर संगठनले यहाँका उद्योगीको मागमा ऐक्यबद्धता जनाउँदै दुई दिनभित्र ती माग पुरा गर्न सरकारलाई आग्रह गरेका छन् । नेपाल ट्रेड युनियन काँग्रेस (एनटीयुसी), मोरङका अध्यक्ष सुशील कोईराला, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), प्रदेश १ का अध्यक्ष किशोर धमला, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), प्रदेश १ का सहइन्चार्ज ओपेन्द्र कुमार राय र समाजवादी ट्रेड युनियन, नेपाल, प्रदेश १ का अध्यक्ष मोहम्मद नसरुलले आज संयुक्त विज्ञप्ति जारी गर्दै सरकारलाई अल्टिमेटम दिएका हुन् । &lsqu