प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै प्रदेशको नामकरणका लागि मतदान सुरु भएको छ । प्रदेशको नाम सम्बन्धमा प्रदेशसभा सदस्य भरतप्रसाद साह र शैलेन्द्र यादव प्रस्तावक रहेको ‘मधेस’ प्रस्तावमाथि मतदान सुरु भएको हो । प्रदेशसभा सदस्य डिम्पल झा अस्वस्थ रहेका कारण सभामुखले उनलाई मतदानमा प्राथमिकता दिएका थिए । सोही अनुसार मधेस प्रदेशको पक्षमा सबैभन्दा पहिला उनले मतदान गरिन् ।प्रदेशको नामकरणका लागि दुई तिहाई मत आवश्यक पर्दछ । प्रदेशसभामा १ सय ४ जना सदस्य छन् । प्रदेशको नाम पारित गर्