मेक्सिकोमा प्रहरी कारबाहीमा परी कम्तीमा पनि १० जना बन्दुकधारीको ज्यान गएको बताइएको छ । मेक्सिकोको टेक्सकल्टालिन नगरपालिकामा प्रहरीले गरेको कारबाहीमा ती बन्दुकधारी मारिएका बताइएको छ । सो क्षेत्रमा सरकारी अधिकारीहरुले त्यहाँ विभिन्न अपराधमा परेका मानिसहरुलाई पक्राउका लागि पूर्जी लिएर गएका थिए । त्यस क्रममा त्यहाँ रहेका बन्दुकधारीहरुले सो सरकारी टोलीमाथि नै गोली चलाएका थिए ।त्यस क्रममा प्रहरीले गरेको कारबाहीमा परेर ती बन्दुकधारी मारिएका प्रहरी अधिकारीले जनाएका छन् । त्यस कारबाहीका क्रममा अरु सात जन