जनकपुर : मधेश प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन बिहीबार सुरु हुँदैछ। आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट ल्याउन अधिवेशन सुरु हुन लागेको हो। बुधबार दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। बैठकमा नवौँ अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र सभामुखले पढेर सुनाउने र विभिन्न पार्टीका संसदीय दलका नेताले मनतव्य राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।यस्तै केही दिनअघि निधन भएका प्रदेशसभा