सर्पको डसाइबाट ४५ वर्षीय पुरुषको मृत्यु

शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ४५ वर्षीय विपदराम चौधरीको सर्पले डसेर मृत्यु भएको छ । चौधरीको उपचारका क्रममा कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा आज मृत्यु भएको मृतकका भाइ कुलबहादुरले बताए ।एक साताअघि घर नजिकैको खोलामा माछा मारेर फर्कने क्रममा चौधरीलाई विषालु सर्पले डसेको थियो । सर्पले डसेपछि चौधरीलाई तत्कालै परिवारजनले उपचारका लागि अर्जुनीमा रहेको सर्पदंश उपचार केन्द्रमा लगेका थिए । त्यहाँ उपचार हुन नसकेपछि सेती प्रादेशिक अस्पताल लगिएको थियो ।