श्रावण विशेष : शाकाहारी भोजनले स्वास्थ्यमा फाइदै–फाइदा

धार्मिक हिसाबले श्रावण महिनामा प्रायः धेरै मानिसले शाकाहारी भोजन गर्ने चलन छ । यो स्वास्थ्यका हिसाबले पनि राम्रो मानिन्छ । शाकाहारी भोजनले शरीर चंगा हुनुको साथै शरीरमा विभिन्न रोग लाग्नबाट सुरक्षित राख्दछ । सकिन्छ भने झन् पूरै शाकाहारी भोजन गर्दा उत्तम मानिन्छ । हुन त विश्वभर शाकाहारीको संख्या बढ्दो क्रममा छ । मात्रा नमिलाई नियमित मासुको प्रयोगले शरीरमा यावत समस्या बढ्दै गर्दा शाकाहारी भोजन अपनाउनेको संख्या बढ्दै गएको हो । यदि तपाईं मासु खानुहुन्छ र अबदेखि मासु छाडेर शाकाहारी बन्दै हुनुहुन्छ भने तपाईंले आफ्नो वजन घट...