दुःखसँग लडिरहेका ९९ वर्षे खड्का दम्पती, बिरामी हुँदा छैन सहारा

लौरो टेक्दै भए पनि गाउँघर घुम्न सक्ने शरीरमा तागत पनि छ। त्योभन्दा बढी अनुभवले खारिएको स्वस्थ मस्तिष्क छ। राणाशासनदेखि पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्दाका साक्षी उनीसँग सबथोक भए पनि जीवनभर ‘सुख्ख’ भने जहिल्यै उनबाट टाढै बस्यो।