इजराइलले आफ्ना १० लाखभन्दा बढी जनतालाई कोरोनाभाइरसविरुद्धको खोप दिइसकेको छ । योसँगै इजराइल कोरोनाभाइरसको भ्याक्सिन लगाउने दौडमा अग्र स्थानमा रहेको छ । अक्सफोर्ड विश्वविद्यालयसँग आबद्ध वेबसाइटको तथ्यांकअनुसार इजरायलको खोप दिने दर प्रत्येक १०० जनामा ११.५ रहेको छ भने बहरानको ३.४९ र बेलायतको १.४७ रहेको छ ।तुलनात्मक रुपमा फ्रान्सले ३० डिसेम्बर सम्म १ सय ३८ जनालाई खोप दिएको छ । कोरोनाका कारण हालसम्म १८ लाखको मृत्यु भइसकेको छ । यस्तै, अमेरिकाले ३० डिसेम्बरसम्म २७ लाखलाई खोप