१३ असार, वीरगञ्ज । वीरगञ्जका निजी विद्यालयले मनोमानी ढंगले शुल्क बढाएको भन्दै अभिभावकले घटाउन पहल गरिदिन वीरगञ्ज महानगरपालिका र जिल्ला प्रशासन कार्यालय पर्सालाई आग्रह गरेका छन् । निजी विद्यालयले ५० प्रतिशतसम्म मासिक शुल्क वृद्धि गरिदिएको अभिभावकको गुनासो छ । महानगरपालिका र प्रशासन कार्यालयमा बुझाइएको ज्ञापनपत्रमा निजी विद्यालयले गरेको शुल्क वृद्धि, पाठ्यक्रम परिवर्तन लगायतका निर्णय खारेज […]