सरकारले यातायात व्यवस्था कार्यालय, महाकालीका निमित्त कार्यालय प्रमुखसहित ७ जना कर्मचारीलाई विहीबार निलम्बन गरेको छ। भारतबाट चोरीपैठारी गरी ल्याइएका १९ थान सवारीसाधन यातायात कार्यालय महाकालीमा दर्ता गरेर सञ्चालन गरेको अभियोगमा कर्मचारीहरुलाई निलम्बन गरिएको हो।