काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको असर मुलुकको आन्तरिक हवाई उडानमा देखिएको छ । अघिल्ला दिनको तुलनामा विमानस्थलको आन्तरिक उडान ह्वात्तै घटेको छ । निषेधाज्ञाको दोस्रो दिन आज मात्रै ७७ उडान भएका विमानस्थल कार्यालयले जनाएको छ ।विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार आज कूल ७७ उडान भएका छन् । बुद्ध एयरका ३५, यती एयरलाइन्सका २०, श्री एयरलाइन्सका १२, तारा एयरका चार तथा नेपाल एयरलाइन्सका चार उडान भएका छन् । बिहिबारको तुलनामा यो सङ्ख्या आधाभन्दा कम हो । शनिबार यो सङ्ख्या अझ घट्ने