सर्वसाधारणद्वारा एकान्त कुमारीको हातबाट टीका ग्रहण

विजया दशमीको अवसरमा आज भक्तपुरको तलेजुमा जीवित देवीको रुपमा पुजिँदै आएकी कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुइँचो लागेको छ । एकान्त कुमारी लुनिभा बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएका हुन् । कुमारीको हातबाट टीका लगाए पछि मात्र अन्य व्यक्तिको हातबाट टीका लगाउने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताउनुभयो । कुमारीले साइतको टीका लगाए पछि कुमारीको हातबाट टीका लगाउन सर्वसाधारण तलेजु पुगेका छन् ।अपरान

सम्बन्धित सामग्री

कुमारीको हातबाट टीका ग्रहण गरी मनाए मोहनी नखः

काठमाडौं । काठमाडौंको जीवित देवी कुमारीको घरसँगै रहेको काठमाडौंको सबैभन्दा पुरानो विहार श्रीखण्ड तरुमुल महाविहारका सदस्यहरुले कोजाग्रत पूर्णिमाको अघिल्लो दिन जीवित देवदेवी गणेश, भैरव र कुमारीको हातबाट टीका ग्रहण गरेर यो वर्षको मोहनी नखः मनाएका छन् । श्रीखण्ड तरुमुल महाविहार संरक्षण तथा संचालन समितिको आयोजनामा परम्परागत नेवारी बाजागाजासहित नगर परिक्रमा गरी जीवित देवदेवी गणेश, भैरव […]

तलेजुमा जीवित देवी एकान्त कुमारीको हातबाट टीका ग्रहण

भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा विजयादशमीको दिन जीवित देवी एकान्त कुमारीको हातबाट टीका थाप्न सर्वसाधारणको भीड लागेको छ ।

इन्द्रजात्रा अवलोकन गर्न आउने पाहुनाहको स्वागतमा महानगरपालिकाको तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रा अवलोकन गर्न आउने पाहुनाहरुको स्वागत, सम्पदा मार्ग, जात्रा तथा छिमेकी नगरको अवलोकन भ्रमण, विदाइजस्ता क्रियाकलापसँग सम्बन्धित काम गर्नका विभागीय प्रमुखहरुको संयोजकत्वमा ६ वटा समिति गठन गरेको छ ।  जसमा अतिथि स्वागत एवं सत्कार समितिको संयोजकमा महेश काफ्ले, कार्यक्रम पुस्तिका, उपहारलगायत सामग्री तथा प्रतिवेदन समितिको संयोजकमा दिपक अधिकारी, सुरक्षा एवं भ्रमण व्यवस्थापन समितिको संयोजक राजुनाथ पाण्डे संयोजक छन्।  यसैगरी मञ्च तथा औपचारिक कार्यक्रम व्यवस्थापन समितिको संयोजकमा डा. शिवराज अधिकारी, मिडिया व्यवस्थापन एवं प्रचार प्रसार समितिको संयोजकमा नमराज ढकाल, खानपान र जिन्सी व्यवस्थापन समितिमा रविनमान श्रेष्ठ संयोजक छन्।  मानिसहरुले मौलिक प्रविधि, सिप र कला जोडेर सिर्जना गरेका मूर्त सम्पदासँग अमूर्त सम्पदाको सम्बन्धको अवलोकन गर्न आमन्त्रणा गरिएको हो । पाहुनाहरुको स्वागतमा महानगरपालिकाले बुधवार रात्री भोजको आयोजना गरेको थियो । असोज ६ गते विहान १० बजेर ३९ मिनेटमा लिङ्गोलाई नगर प्रवेश गराइनेछ । ९ गते विहान १० बजेर ३७ मिनेटमा इन्द्रध्वजोत्थान गरिनेछ । ११ गते विहीबार तल्लो टोलमा र १२ गते शुक्रबार माथिल्लो टोलमा कुमारी रथयात्रा हुनेछ । असोज १५ गते सोमबार नानिचा यात्रा हुनेछ । सोही दिन साँझ ८ बजेर १५ मिनेटको साइतमा इन्द्रध्वज पतन गराएपछि यस बर्षका लागि इन्द्रजात्रा समापन हुनेछ ।  कुमारीको रथ सजाउँदै कलाकार  काठमाडौँ महानगरसँग देशभित्रका ५ वटा नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भइसकेको र २ वटा पालिकासँग सम्बन्ध स्थापना गर्ने निर्णय भइसकेको छ । सम्झौता गरेर सम्बन्ध स्थापना भइसकेका पालिकाहरुमा कोशी प्रदेश, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका, बागमती प्रदेश, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, नगरपालिका, लुम्बिनी प्रदेशको नवलपरासी वर्दाघाट पश्चिमको रामग्राम नगरपालिका, कर्णाली प्रदेश, जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका र सुदुरपश्चिम प्रदेश, डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका हुन् । मधेस प्रदेश, बारा जिल्लाको सिमरा नगरपालिका र गण्डकी प्रदेश, मनाङ् जिल्लाको डिस्र्‍याङ् गाउँपालिकासँग सम्बन्ध स्थापना गर्ने सम्बन्धमा निर्णय भइसकेको सम्झौता हुन बाँकी रहेको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख यम बसेलले जानकारी दिए।  अन्तरराष्ट्रिय स्तरमा १६ वटा नगरसँग भगिनी सम्बन्ध छ । यसरी सम्बन्ध गाँसिएका नगरहरुमा चीनमा सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी ७ वटा सहर छन् । काठमाडौँ महानगरसँग धेरै सहरको भगिनी सम्बन्ध भएका देशहरुमा चीन पहिलो हो । चीनपछि संयुक्त राज्य अमेरिका दोस्रो हो । यसका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर नगरसँग भगिनी सम्बन्ध छ । यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ ।  प्रस्तावित कार्यक्रमहरु  जात्रा अवलोकनका लागि असोज १० गते अतिथिहरु आउने छन् । ११ गते विहान काठमाडौँ महानगरपालिकाको भित्री सहरी क्षेत्रमा भएका सम्पदाहरुको अवलोकन भ्रमण हुनेछ । मध्यान्नमा अतिथिहरु कुमारी रथ यात्राको अवलोकनका लागि सहभागी हुनेछन् ।  १२ गते भक्तपुर दरबार क्षेत्रको भ्रमण हुनेछ । त्यस दिन हाँडीगाउँमा आयोजना हुने मौलिक तथा परम्परागत प्रदर्शनीमा अतिथिहरुलाई सहभागी गराइनेछ । १३ गते स्वयम्भूको अवलोकन भ्रमणपछि अतिथिहरुलाई नेपाली बजार घुम्ने समय उपलब्ध गराइनेछ । असोज १४ गते उहाँहरु स्वदेश फर्कनेछन् ।  संघसंस्थाहरुसँगको सम्बन्ध  महानगरपालिकाले अन्तरराष्ट्रिय ९ वटा संघसंस्थाको सदस्यता लिएको छ । ‘मानव बस्ती व्यवस्थापनका लागि स्थानीय तहहरुको क्षेत्रीय सञ्जाल, सिटी नेट, याकोहामा जापान’, ‘विश्व सम्पदा नगरहरुको संगठन (ओडब्लुएचसी) मोन्ट्रीयल क्यानडा’, ‘स्थानीय सरकार एवं नगर संघ (युसीएलजी) बासिंलोना स्पेन’, ‘स्थानीय सरकार एवं नगर संघ (युसीएलजी एस्पाक) जाकार्ता इन्डोनेसिया’, ‘स्थानीय पर्यावरण प्रवर्धनका लागि अन्तरराष्ट्रिय परिषद –आईसीएलआईई) टोरोन्टो’ को महानगर सदस्य नगर हो । यस्तै ‘ऐतिहासिक नगर संघ (एलएचसी) क्योटो जापान’, ‘प्रमुख महानगरहरुको अन्तरराष्ट्रिय एशोसिएसन (मेट्रोपोलिस) बार्सिलोना स्पेन’, ‘भूकम्प महानगरहरुको संस्था, हवाई, संयुक्त राज्य अमेरिका’ र ‘विश्व पर्यटकीय नगर महासंघ, वेइजिङ्, चीन’ को महानगरले सदस्यता लिएको छ ।  इन्द्रजात्रामा हुने सांस्कृतिक क्रियाकलापहरु यस बर्षका लागि इन्द्रजात्राका कार्यक्रम सुरु भइसकेका छन् । गुठी संस्थानले सार्वजनिक गरेको साइत तालिकाअनुसार, य:सिं (लिङ्गो) लिन भदौ ३१ गते विहान ११ बजेर ५० मिनेटको साइतमा गुठीयारहरु वन प्रस्थान गरे । त्यसै दिन बेलुका ९ बजेर ३४ मिनेटको साइतमा लिङ्गोका रुपमा प्रयोग गरिने रुख काट्ने (वृक्षकर्तन) भयो । यसरी काटिएको य:सिं (लिङ्गो) तानेर भोटाहिटी ल्याइएको छ ।  भोलि विहान (२०८० आश्विन ६ गते शनिवार, भाद्र शुक्ल द्वादशी) विहान १० बजेर ३९ मिनेटको साइतमा योसिं (इन्द्रध्वज) नगर प्रवेश गराइनेछ । भोटाहिटीबाट असन, इन्द्रचोकहुँदै इन्द्रध्वज कालभैरवको मूर्ति भएको परिसरमा पुर्‍याइनेछ । ३३ फुट अग्लो इन्द्रध्वज आश्विन ९ गते मंगलवार विहान १० बजेर ३० मिनेटको साइतमा उठाइनेछ । इन्द्रध्वज गाडिएपछि औपचारिक रुपमा जात्रा सुरु भएको मानिन्छ । वर्षभरि दिवंगत भएका आफन्तको स्वर्गमा बास होस् भन्ने कामना गर्दै यस दिन साँझमा पाल्चा (बत्ती) बालेर उपाकु मार्ग (पुरानो बस्ती नगरको बाहिरी मार्ग) मा हिँड्ने परम्परा छ ।  इन्द्रजात्रा सुरु भएको दिन श्री लाखे आजु, श्री ऐरावत हात्ती (पुलुकिसी), किलागलको श्री देवी नाच, श्री महाकाली नाच, श्री हलचोक आकाश भैरव नाच लगायत नाचमा सहभागी हुने पात्रहरुलाई विशेष पूजाआजा गरेर बाहिर निकालिन्छ । यी देवगणहरुले जात्रा अवधिभर सहरका विभिन्न भागमा परम्परागत नाच देखाउँछन् । जात्रा अवधिमा हनुमान ढोकाको श्वेत भैरव, इन्द्रचोकको श्री आकाश भैरव, श्री बाका दे भैरव, श्री स्वच्छन्द भैरव, मरु टोलमा इन्द्र देवताको नित्य पूजा हुन्छ । अन्य समयमा भित्री भागमा वा छोपेर राखेर यी देवताका मूर्तिहरु प्रदर्शन गर्ने चलन छ । यस्तै लक्ष्मीनारायण देवलको डवलीमा दशअवतार प्रदर्शन गरिन्छ ।  श्रीगणेश, श्रीभैरव र श्रीकुमारीलाई तलेजु मन्दिरका मुल पुजारी, सुसारे र मोही नाइकेको टोलीले तान्त्रिक विधिबाट पूजा आराधना गर्ने चलन छ ।  यो बर्ष कुमारी रथयात्रा असोज ११ गते सुरु हुनेछ । यस दिन तल्लो टोल (वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुर) मा रथ यात्रा हुनेछ । यस दिनको रथयात्रा सुरु हुनु अगाडि राष्ट्रप्रमुखसहित विशिष्ट व्यक्तिहरुले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन तथा रथयात्रा अवलोकन गर्नु हुनेछ । यस दिनको रथयात्रा सकिएपछि दागी (इन्द्र देवताकी आमा सँगसँगै वर्ष भरिका दिवगत व्यक्तिका परिवारहरु रथ यात्राको रुटमा नगर परिक्रमा गर्ने) परम्परा रहेको छ ।  असोज १२ गते माथिल्लो टोल (बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर) मा रथ यात्रा हुनेछ । रथ यात्राका समयमा पञ्चवुद्धका प्रतीक ५ जना बज्राचार्य गुरुजुहरु भैरवको रथको पछाडि र कुमारीको रथको अगाडि हिँड्ने चलन छ ।  २०८० आश्विन १५ गते नानीचाका दिन (बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर) रथयात्रा हुनेछ । यसदिन महिलाहरुले रथ तान्नेछन् । २०६९ सालबाट यस दिनको रथ महिलाहरुले तान्न थालेका हुन् । यसै दिन श्रीहरुको हातबाट राष्ट्रपतिले टीका ग्रहण गर्ने कार्यक्रम हुनेछ । यस दिन बेलुका ८ बजेर ३७ मिनेटमा इन्द्रध्वज पतन गर्ने साइत छ । इन्द्रध्वज ढालिएसँगै यस बर्षका लागि इन्द्र जात्राका कार्यक्रम सकिनेछन् ।  यसरी ३ दिन हुने रथ यात्राका क्रममा पर्ने रुटहरुमा श्री लाखे आजु, श्री पुलुकिसी र श्री हलचोक आकास भैरव सँगसँगै अगाडि पछाडि सहभागी हुन्छन् । रथयात्रा रुटका स्थानीयले जीवित देवीदेवताको श्रद्धापूर्वक पूजा आजा गर्ने गर्छन् ।

भक्तपुरमा जीवित देवी कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुइँचो

काठमाडौँ- विजया दशमीको अवसरमा आज भक्तपुरको तलेजुमा जीवित देवीको रुपमा पुजिँदै आएकी कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुइँचो लागेको छ । एकान्त कुमारी लुनिभा बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएका हुन् । कुमारीको हातबाट टीका लगाए पछि मात्र अन्य व्यक्तिको हातबाट टीका लगाउने परम्परा रहेको […]

राष्ट्रपति भण्डारीद्वारा कुमारीको हातबाट टीका ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ हनुमान ढोकास्थित कुमारी घरमा गई कुमारीको हातबाट टीका र प्रसाद ग्रहण गर्नुभएको छ ।

पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् भन्नेमा द्विविधा पाल्न हुँदैन : लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् भन्नेमा द्विविधा पाल्न नहुने बताएका छन् । नेपाल राष्ट्रका निर्माता शाहलाई युद्ध सरदार भन्नेहरुले गल्ती गरीरहेको उनले बताए ।‘पृथ्वीनारायण शाहलाई कसैले युद्ध सरदार भनेर गल्ती गरिरहेका छन्, जो दावी युक्तिसंगत छैन । किनभने युद्ध सरदारले केवल लुट्छन्, कतै राष्ट्र निर्माण गर्दैनन् । पृथ्वीनारायण शाहले कुमारीको टीका ग्रहण गरे, जनआकांक्षा अनुकूल राज्य सञ्चालन गर्ने प्रजातान्त्

भक्तपुरमा कुमारीको हातबाट टीका थाप्नेको भीड

भक्तपुर : विजयादशमीको दिन शुक्रबार जीवित देवी भक्तपुरकी एकान्त कुमारी जीविका बज्राचार्यको हातबाट टीका थाप्नेको भीड लागेको छ। विजयादशमीमा भक्तपुरको तलेजुमा जीवित देवीका रुपमा पुजिँदै आएको एकान्त कुमारीको हातबाट टीका ग्रहण गर्न स्थानीयवासीको घुइँचो लागेको हो।  कुमारी जीविका बज्राचार्यको हातबाट तलेजु...