जसपाले भाग पाएको वीरगञ्ज महानगरपालिकामा काँग्रेसको नयाँ प्रस्ताव

सत्ता गठबन्धनमा भएको केन्द्रीय सहमतिअनुसार जनता समाजवादी पार्टी नेपालले वीरगञ्ज महानगरपालिकामा मेयर पाएपछि काँग्रेसमा स्थानीय कमिटी असन्तुष्ट बन्यो ।  काँग्रेसले मेयर नपाएपछि नेता कार्यकर्ताले विरोध जनाएका छन् । यहीबीच अहिले काँग्रेसले राखेको नयाँ प्रस्तावले जसपा अप्ठ्यारोमा परेको छ । काँग्रेसले वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंहको विकल्प दिन जसपा समक्ष प्रस्ताव गरेको छ । पर्सामा जसपा र काँग्रेसबीच शुक्रबार भएको छलफलमा काँग्रेसले आफूहरू जसपालाई मतदान गर्न तयार रहेको तर राजेशमा