युक्रेनमा रुसी आक्रमणलाई लिएर पछिल्लो समय विश्वव्यापी चिन्ताको विषय रासायनिक वा जैविक हतियार बनेको छ। रुसले युक्रेनमाथि अमेरिकी सहयोगमा प्रयोगशालामार्फत जैविक हतियार निर्माण गरिरहेको दाबी केही दिनअघि विभिन्न अवसर र माध्यमबाट गरेको थियो। त्यसबारे संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा शुक्रबार छलफल नै भयो। रुसको आग्रहमा भएको सो बैठकमा युक्रेनले रासायनिक वा जैविक हतियार बनाइरहेको आरोपलाई […]