इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा युनाइटेडले लेस्टर सिटीलाई १–० गोलले हराएको हो ।
लेस्टरको मैदानमा पाहुना टोली युनाइटेडले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । युनाइटेडका जाडोन सान्चोले खेलको २३ औं मिनेटमा गोल गरेका थिए । जितसँगै लिगमा युनाइटेडले ५ खेलबाट ९ अंक जोडेको छ । युनाइटेड पाँचौं स्थानमा छ । समान खेलमा एक अंक जोडेको लेस्टर सिटी पुछारमा छ । अंकतालिकामा आर्सनल ५ खेलमा शतप्रतिशत नतिजासहित शीर्ष स्थानमा छ ।