सलमानले 'अन्तिम' फिल्म हेर्न पुगेका फ्यानलाई भने : हलभित्र पटाका नपड्काउनुस्

बलिउड अभिनेता सलमान खान अभिनित फिल्म 'अन्तिमः द फाइनल ट्रुथ’ गत शुक्रवारदेखि रिलिज भयो। महेश मान्जरेकरको निर्देशन रहेको यस फिल्ममा सलमान खानकै लगानी रहेको छ। एक्सन जनराको यो फिल्मलाई समीक्षक तथा दर्शकहरुबाट राम्रै प्रतिक्रिया मिलिरहेको छ। रिलिज भएको पहिलो दिनमा फिल्मले करिब साढे ४ करोडको व्यापार गरेको थियो। यस साता पनि…

सम्बन्धित सामग्री

पटाका गोदाममा विस्फोट हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारतको मध्य प्रदेशको मुरैना जिल्लाको एक पटाका गोदाममा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।​ फ्याक्ट्रीमा उत्पादन भएर बजार पठाउन राखिएको पटाका गोदाममा भएको विस्फोटमा घर नै ध्वस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विस्फोटको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेका थिए । घरका भग्नावशेषमा केही मानिस पुरिएको हुन सक्ने प्रहरीको आशंका छ […]

हलभित्र पटाका नपड्काउन फ्यानलाई सलमानको आग्रह

१२ मंसिर, काठमाडौं । सलमान खान अभिनित चलचित्र ‘अन्तिम’ शुक्रबारदेखि हलमा प्रदर्शन भइरहेको छ । यो चलचित्रले अपेक्षाकृत ओपनिङ भने गर्न सकेन । शुक्रबार ४.६० करोड भारुको व्यापार गरेको चलचित्रले शनिबार साढे ५ करोडको व्यापार गरेको छ । ‘अन्तिम’ हेर्न पुगेका सलमानका फ्यानहरुले केही स्थानमा हलभित्रै पटाका पड्काएका छन् । हलभित्रै पटाका पड्काएर खुशीयाली बाँडेकोमा […]

हामी र हाम्रो गौरव

भारतकोे रंग र फूल अनि चीनका पटाका र झिलिमिली बत्ती मगाएरै सही यसपालि तिहार भने खुब मनाइयो । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ समेत सकियो र यो वर्षका मुख्य चाडपर्वहरू पनि सकिए । तर चाडपर्वमा बढी नै रमाउने गरेका हामी निराश भइहाल्नु पर्दैन । किनकि देशमा राजनीतिक, न्यायिक र सामाजिक क्षेत्र जताततै अनेकखाले पर्व र जात्रैजात्रा चलिरहकै छन् र चलिरहने नै छन् । हाम्रो स्वतन्त्रताको उपभोग विदेशीले पनि भरपूर गर्न थालिसकेका छन् । रोहिँग्यादेखि अफगानीसम्म नेपाली नागरिकझैं भइसके । विश्वको कुनै पनि कुनाका अपराधीहरू नेपालमा स्वतन्त्र रूपमा बस्न पाउँछन् । यस्तो स्वतन्त्रता भएको गौरवशाली देश छ अन्त कतै ? चारैतिर निराशा छ । न राजनीति, न न्याय, न शिक्षा, न अर्थतन्त्र सही छ । तर निराशावादीहरूका बीचमा हामीले आशाका किरणहरू खोज्नैपर्छ र हाम्रा पुराना गौरवहरूलाई ब्यूँताउनैपर्छ । शायद त्यसैले झीनो स्वरमै सही केही मानिसहरू राजतन्त्र फर्किने वा फर्काउने कुरा गरिरहेका छन् । वर्तमानमा काम नगर्ने र भविष्य नसोच्नेहरूको काम नै अतीतलाई राम्रो देख्नु हो । त्यसैले पो हो कि खराट गणतन्त्रवादी पनि राजतन्त्रको पक्षमा बोल्न थालेका छन् । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो कि हामी हिजोभन्दा आज झन् झन् स्वतन्त्र हुँदै गैरहेका छौं । त्यसैले जसलाई जे गर्न मन लाग्यो, जे बोल्न मन लाग्यो मज्जाले पाएका छन् । विगतमा न्यायालयको विषयमा चु सम्म बोल्न पाइन्नथ्यो, आज सडकको बहसको विषय भैसकेको छ । बातले जित्नुपर्ने वकिलहरू मुक्का र हातले नपुगेर लात पनि चलाउन थालेका छन् । योभन्दा बढी स्वतन्त्रता विश्वमा कतै होला र ?   वास्तवमा हाम्रा गौरवहरूलाई हामीले गन्न र भन्न बिर्सेका मात्र हौं । मध्य सडकमा यत्रतत्र फ्ँयाकिएका प्लास्टिक र फोहोरलाई नै हेरौं न, ती हाम्रा दुःखले आर्जेका स्वतन्त्रताका प्रतीक हुन् । यसले हाम्रो देश समृद्धतर्फको यात्रामा अगाडि बढिरहेको संकेत गर्दछ । हामी पुगीसरी आएका कारण जताततै जे पनि छर्ने वा फ्ँयाक्ने हैसियतमा पुगेका हौं । यसको मतलव हामी मध्य आय भएको राष्ट्रको दर्जामा पुग्ने आधा बाटोमा छौं भन्ने पनि हो । हाम्रो स्वतन्त्रताको उपभोग विदेशीले पनि भरपूर गर्न थालिसकेका छन् । रोहिँग्यादेखि अफगानीसम्म नेपाली नागरिकझैं भइसके । विश्वको कुनै पनि कुनाका अपराधीहरू नेपालमा स्वतन्त्र रूपमा बस्न पाउँछन् । यस्तो स्वतन्त्रता भएको गौरवशाली देश छ अन्त कतै ? हाम्रोे देश यति धेरै स्वतन्त्र भैसकेको छ कि हाम्रा सरकारहरू पनि पूर्ण स्वतन्त्र नै छन् । त्यसैले सरकारले सडक लगायत राज्यका सम्पत्तिहरू दशकौंदेखि यत्तिकै विनामर्मत–सम्भार छाडिदिएका छन् । किनकि यो जनता आफैले आफ्नै तालले मर्मत गरून् भनेर छाडिएका हुन् । संसारमा कुन चैं देश यसरी सरकारी हस्तक्षेपविना यति धेरै स्वतन्त्र चलेको छ र ? यस्तो स्वतन्त्रता क्रमशः राज्यका अन्य अंगहरूमा पनि दिन दुईगुना रात चौगुनाका दरले झाँगिइरहेको छ । त्यसैले जसले जेसुकै भनून्, हामी हाम्रो देशलाई माया गर्छाैं, फोहोर होस् वा मोहोर सबै सबै चीजलाई । आखिरमा हाम्रो देश भनेको वीर गोर्खाली भनेर त्यसै चिनिएको हैन नि ⁄ हामी सगरमाथाको देश हो, चाहे दुई तिहाइ भाग चीनमा परेको किन नहोस् । यो डाँफेचरी बस्ने देश हो, जो अहिले लोप हुने अवस्थामा पुगेको छ । हामी हाम्रा राष्ट्रिय जनावरहरूलाई यति धेरै माया गर्छाैं भन्ने त मुख्य जनावरका तस्वीरहरू राष्ट्र बैंकले नोटमा छापेकै कारणले नै प्रमाणित हुन्छ । जंगलमा के भइरहेछ भन्ने कुरा गौण हो । बुद्ध र सीता नेपालमै जन्मेको त नेपाल संयुक्त राष्ट्रसंघको सदस्य हुनुभन्दा धेरै पहिलेदेखि नै हो । अझ भनौं राष्ट्रसंघको जन्म हुनुभन्दा र राष्ट्रसंघलाई जन्म दिने देशहरू जन्मनुभन्दा पनि धेरै पहिलेदेखि नै हो । अझ राम समेत नेपालमै जन्म्या हो भनेर ‘बा’ले ठोकुवा गर्‍यागर्‍यै छन् । अझ हाम्रा अरनिको बाजेले स्तुपा बनाउन नसिकाएको भए त चाइनिजहरू अहिलेसम्म पनि शायद जंगली नै रहिरहन्थे होला । हामी यस्तो गौरवशाली इतिहास भएको देश पो हो त ! तर अहिले आएर पो हामीलाई अरूले हेप्न थाले बा ! हाम्लाई हेप्ने ? अब भने केही न केही नगरी नहुने भयो । र, केही हुन थालिसकेको पनि थियो । पूर्ववर्ती सरकारले त्यत्रो काम थालिसकेको थियो, गिनिज बुकमा आधाआधी पेज त ती कामले नै भरिन थालिसकेका थिए । तर के गर्नु, फ्याट्ट त्यै सरकार हट्यो । तैपनि चिन्ता छैन । अहिलेको सरकारले पूर्ववर्ती सरकारकै रेकर्ड पनि तोड्न थालिसकेको छ । त्यसैले खबरदार ⁄ कसैले पनि हाम्रो हरियो राहदानीलाई हेप्ने हिम्मत नगरून् ! हामी त दुई ढुंगाबीचको डाइनामाइट पो हो त ! त्यसैले हाम्रो देशको रक्षाकै खातिर पनि हाम्रो सार्वभौम सिमानाभित्र हामीलाई जहाँ मन लाग्यो, त्यहीँ फोहोर फ्याँक्न स्वतन्त्र छौं । सडकमा हाम्रा प्रायः मोटरसाइकल चालकहरूले उपभोग गरिरहेको स्वतन्त्रता त शायद विश्वका कुनै पनि जनताले उपभोग गर्न पाएका छैनन् होला । हाम्रो हरियो राहदानीलाई हेप्ने हिम्मत जसले गर्छ, हामी उसैको देशमा राहदानीविनै छिरिदिन्छौं र त्यहाँ कब्जा जमाइदिन्छौं । हाम्लाई के ठान्या ? हामी यति स्वतन्त्र छौं कि हामीलाई मन लागे जसलाई पनि गाली गर्न वा ताली मार्न सक्छौं । देखिरहनुभएकै छ हाम्रा महान् नेताहरूले एकअर्कालाई गालीको फोहोराले हान्ने गरेका । हाम्रा बुद्धिमान् जनताहरू पनि के कम ? उनीहरू पनि नेताहरूले जे खोके पनि तालीले स्वागत गर्दै तिनका हरेक कुरा मान्ने गरेका ! त्यसैले आउनोस्, हामी सबै लागेर हाम्रा यी परम्परा र हाम्रा यी राष्ट्रिय गौरवहरूलार्ई गर्वका साथ जोगाइराखौं, देशविदेशमा आफ्नो कीर्ति अझ फैलाऔं । हाम्रा साना दुःखले आज्र्याको स्वतन्त्रता हैन, देशी विदेशीहरूले जे गर्न मन लाग्यो, त्यही गर्न पाउने फूलबारी हो यो, सबैलाई चेतना भया !

रौतहटबाट ठूलो परिमाणको पटाका बरामद

काठमाडौँ- सशस्त्र प्रहरीले रौतहटको मौलापुर नगरपालिका–६ पथराबुद्धरामबाट ठूलो परिमाणमा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । भारतबाट नेपाल भित्र्याइएको अवस्थामा बेवारिसे अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाबाट सशस्त्र प्रहरी निरीक्षक भरत गौतमको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो । बारा–रौतहटको सिमानामा पर्ने अडुवा नदी हुँदै पथराबुद्धरामसम्म पटाका लिएर पुगेका तस्करले सशस्त्र प्रहरीलाई […]