काठमाडौं । सरकारले किशोरीहरुलाई दोस्रो चरण अन्तर्गत आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरेको छ । दोश्रो चरणको कार्यक्रम अन्तर्गत माघ महिनाबाट किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरिएको हो । स्वास्थ्य सेवा विभागकाअनुसार किशोरीहरुलाई पहिलो चरणमा साउन, भदौ, असोज र दोस्रो चरणमा माघ, फागुन र चैतमा आइरन फोलिक एसिड चक्की खुवाउने गरिन्छ । सरकारले १० देखि १९ वर्ष उमेर समूहका करिब ३० लाख किशोरीलाई सो चक्की खुवाउने गरेको छ । यस चक्कीले किशोरीहरुमा हुने रक्तअल्पता लगायतका समस