पार्टीमा चाकरी प्रवृत्ति : उम्मेदवारीका लागि ठाउँठाउँमा ठुला नेताको नाम सिफारिस !

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार धनगढी विमानस्थलमा पत्रकारहरुले सोधे– तपाईको उम्मेदवारी बागलुङ–२ बाट पनि सिफारिस भएको छ, कहाँबाट चुनाव लड्नुहुन्छ ?’जवाफमा प्रचण्डले आफू चितवन–३ बाट चुनाव लड्ने र अन्त कतै जाने सम्भावना नरहेको जवाफ दिए । ‘साथीहरुले आफ्नो ढङ्गले उम्मेदवार सिफारिस त गरिराख्नुभएको छ तर म चितवन क्षेत्र नम्बर ३ बाटै निर्वाचन लड्ने हो, अन्त जाने कुनै सम्भावना छैन र यताउता पनि हुँदैन’, अध्